सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं : नेपाली कांग्रेसका युवा नेताहरूले अधिवेशन तालिका संशोधन भएकोप्रति आपत्ति जनाएका छन् । कांग्रेसका १२ युवा नेताले संयुक्त विज्ञप्ति जारी गर्दै अधिवेशन तालिका संशोधन गरिएको प्रति आपत्ति जनाएका हुन् । स्थानीय तहका अधिवेशनहरू पर सारिएको प्रति आफूहरूको गम्भीर ध्यानाकर्षण भएको उनीहरूले जनाएका छन् । 'सबै घटनाक्रमप्रति हाम्रो ध्यान गम्भीर रूपमा आकृष्ट भएको छ । निर्धारित समयमा चौधौं महाधिवेशनको सुनश्चितताका लागि पार्टी नेतृत्वको ध्यानाकर्षण गराउन चाहान्छौं', विज्ञप्तिमा भनिएको छ । अधिवेशन प्रकृया सुरु भैसक्दा पनि पार्टीको केन्द्रीय कार्यालय सानेपामा धर्ना, अनसन चलिरहने अवस्थालाई सुखद् घटनाको रूपमा लिन नसकिने उनीहरूको धारणा छ । समानुपातिक प्रतिनिधित्वको माग गरिरहेका साथीहरूको मागमा आफूहरूको ऐक्यवद्धता रहेको उनीहरूले जनाएका छन्। डा. चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, रत्ना शेरचन, गुरुराज घिमिरे, गगन थापा, बद्री पाण्डे, सरिता प्रसाईं, जीवन परियार, प्रदिप पौडेल, रामकृष्ण यादव, किरण यादवलगायतले संयुक्त रूपमा विज्ञप्ति जारी गरेका हुन् ।
कांग्रेसमा बाँकी क्रियाशील सदस्यता सूची अविलम्ब प्रकाशन गर्न माग
काठमाडौँ । नेपाली कांग्रेसका युवा नेताले पार्टीका क्रियाशील सदस्यता प्रकाशित हुन बाँकी जिल्लाको नामावली अविलम्ब प्रकाशित गरी वडा अधिवेशन सम्पन्न गर्न नेतृत्वको ध्यानाकर्षण गराउनुभएको छ । पार्टीका एक दर्जन युवा नेताले आज संयुक्त वक्तव्यमार्फत देशभर अधिवेशनको प्रक्रिया सुरु भइसक्दा पनि केही जिल्लाको क्रियाशील सदस्यताको सूची प्रकाशित हुन नसक्दा वडा अधिवेशनको कार्यतालिका नै प्रभावित भएको उल्लेख गरेका छन् । हाल कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गतको कार्यतालिकाअनुसार ५७ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ भने २० जिल्लाको क्रियाशील सदस्यको सूची सार्वजनिक हुन सकेको छैन । ती जिल्लामा अधिवेशनको प्रक्रिया पनि प्रारम्भ भएको छैन । यसले देशभर एकैपटक सुरु हुने अधिवेशनको परम्परालाई खण्डित तुल्याएको र अधिवेशनको आयोजनासमेतमा विभेद भएको युवा नेताहरुको भनाइ छ ।
यस्तो छ १२ जनाले निकालेको संयुक्त विज्ञप्ति
यतिबेला नेपाली कांग्रेस आफ्नो चोधौं महाधिवेशनको प्रक्रियामा सामेल छ । देशभरका ५८ जिल्लामा अधिवेशनका प्रक्रियाहरू जारी छन् । तथापि काठमाण्डौ, मोरंगलगायतका १९ जिल्लाको आजसम्म पनि कृयाशिल सदस्यको सूची सार्वजनिक गरिएको छैन र अधिवेशनको प्रक्रिया प्रारम्भ हुन सकेको छैन । यसले देशभर एकैपटक सुरुहुने अधिवेशनको परम्परालाई खण्डित तुल्याएको छ र अधिवेशनको आयोजनामा समेत विभेद् भएको छ । पार्टी विधान र देशको संविधानमा उपलब्ध समयसिमा नाघ्दा समेत कतिपय जिल्लामा अधिवेशन सुरु हुन नसक्नु साच्चै दुखद् पक्ष हो ।
यस्तै अधिवेशनका क्रममा अरु पनि घटनाक्रमहरू बिकसित हुन थालेका छन् । आज मात्रै अधिवेशन तालिका संशोधन गरि स्थानीय तहका अधिवेशन हरू पर सारिएको छ । यी सबै घटनाक्रमप्रति हाम्रो ध्यान गम्भीर रुपमा आकृष्ट भएको छ । यसै सन्दर्भमा निर्धारित समयमा चौधौं महाधिवेशनको सुनश्चितताका लागि तपसिलका विषयमा पार्टी नेतृत्वको ध्यानाकर्षण गराउन चाहान्छौं ।
१.पार्टीको केन्द्रीय कार्यालय सानेपामा अधिवेशनको प्रकृया सुरु भैसक्दा पनि धर्ना, अनसन चलिरहने अवस्थालाई सुखद् घटनाको रूपमा लिन सकिदैन । नेपाली कांग्रेस सबै नेपालीको साझा फूलबारी भएकाले समानुपातिक प्रतिनिधित्वको माग गरिरहनु भएका साथीहरूको मागप्रति हाम्रो ऐक्यबद्धता छ । यसको अबिलम्ब सम्बोधन होस् ।
२. डडेल्धुरा जिल्लामा विधि र प्रक्रिया विपरित केन्द्रबाट थोपरिएका कृयाशिल सदस्यहरू खारेज गरि बिधिसम्मत रुपमा जिल्लाबाट पठाइएका कृयाशिल सदस्यहरूको नामावली कायम गरेर मात्र अधिवेशनको प्रक्रिया सुचारु गरियोस् भन्ने माग गरिरहेको जिल्ला कार्यसमितिको आग्रह बमोज़िम कार्यसमितिको सम्मतिमा बिधिसम्मतजिल्ला अधिवेशन गराईनुपर्छ भन्ने हाम्रो आग्रह छ ।
३. देशभर अधिवेशनको प्रकृया शुरु भइसक्दा पनि केही जिल्लाको कृयाशिल सदस्यको सूची प्रकाशित नभई वडा अधिवेशनको कार्यतालिका नै प्रभावित हुन पुग्दा सम्बन्धित जिल्लाका साथीहरूले गम्भीर मानसिक तनाव र पीडा झेल्नुपरिरहेको परिस्थितिलाई तुरुन्तै अन्त्य गरी अधिवेशनको प्रक्रिया सुचारु गर्न बाँकी रहेका जिल्लाको कृयाशिल सदस्यहरूको नामावली अबिलम्व प्रकाशित गरि वडा अधिवेशन सम्पन्न गरियोस् ।
४. यसैबीच पार्टीको केन्द्रीय निर्वाचन समितीका संयोजक श्री महादेव प्रसाद यादवले दिनु भएको राजिनामाले महाधिवेशनको जारी सम्पूर्ण प्रकृया नैं अबरुद्द हुने त होइन ? भन्ने संशय बढाएको छ।साथै उहाँले बिभिन्न संचार माध्यममा दिनुभएको अभिव्यक्तिले व्यक्तिको स्वतन्त्रता र मानव अधिकार माथि किन प्रहार हुदैछ भन्ने गम्भिर प्रश्न उठाएको छ।यसको तुरुन्त अन्त्य गरि महाधिवेशनको सुनिश्चितताको बिश्वसनियता कायम गरियोस् ।
५.उपरोक्त सबै घटनाक्रमहरू पार्टी नेतृत्वका घरेलु मामला होइनन्, नेपाली कांग्रेसका झण्डै नौलाख सदस्यहरूका साझा मामला,चिन्ता र सरोकार हुन्।यी सबै बिषयहरू निरुपण गरि महाधिवेशन तर्फ अग्रसर हुन ठोस छलफलको आवश्यकता भएकाले केन्द्रीय समितिको बैठक अबिलम्ब राखियोस् ।
जय नेपाल !