नारायणगढ–बुटवल सडकःखाल्डाखुल्डीले सवारी गुडाउन सकस

शुक्रबार, भदौ २५, २०७८

नवलपुर । विस्तारका क्रममा रहेको महेन्द्र राजमार्गको नारायणगढ– बुटवल सडकखण्डमा चालक तथा यात्रु सकसपूर्ण यात्रा गर्न बाध्य भएका छन् । करिब ११४ किलोमिटर लम्बाइ रहेको सो सडकको खण्ड–१ मा पर्ने नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को ६५ किलोमिटर सडकखण्डमध्ये आधाभन्दा बढी भत्किएर खाल्डाखुल्डी छन् । जिल्लाको गैँडाकोटबाट सुरु हुने सडकको खाल्डाखुल्डी दाउन्नेसम्म उस्तै छ । चारवटा स्थानीय तहलाई छुने सो सडकको सबैभन्दा बढी खाल्डाखुल्डी गैँडाकोटमा रहेको छ । यो सडकको सबैभन्दा कम खाल्डाखुल्डी र केही राम्रो बाटो भने मध्यविन्दु नगरपालिकाको जङ्गल क्षेत्रमा मात्रै भेट्टाउन सकिन्छ । सो सडक भएर यात्रा गर्नेमध्ये सबैभन्दा बढी समस्या बिरामी र एम्बुलेन्स चालकलाई हुने गरेको छ । संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपालका केन्द्रीय अध्यक्ष नवराज लामिछानेले नारायणगढ–बुटवल सडक पहिलेको अवस्थामा भन्दा ९९ प्रतिशत बिग्रिएको बताउछन् । “सामान्य नागरिकलाई त त्यो बाटोमा यात्रा गर्न गाह्रो हुन्छ”, लामिछानेले भने, “झन् हामी त बिरामी लिएर हिँड्नुपर्छ, बिरामीलाई चाँडो अस्पताल पु¥याउनुपर्छ । बाटोका कारण बिरामीलाई अस्पताल पु¥याउन ढिला हुँदा उनीहरूको अवस्था जटिल भइसकेको हुन्छ ।” नवलपुरका बिरामीलाई अस्पताल लैजाने बेलामा घरमा सामान्य बिरामी भएका मान्छेसमेत अस्पताल पुग्दा उनीहरूको अवस्था जटिल हुने गरेको लामिछानेले बताउछन् । “बिरामीलाई चाँडो अस्पताल पु¥याउनुपर्ने हुन्छ । तर बाटोको अवस्थाका कारण एम्बुलेन्स कुदाउन सक्ने स्थिति नै छैन”, लामिछानेले भने, “विस्तारै जाँदा अस्पताल ढिला पुगिने बाध्यता एउटा छ, अर्को बाटोमा भएका खाल्डाखुल्डीका कारण बिरामीको ज्यान शिथिल हुन्छ ।” यो सडकमा रहेको खाल्डाखुल्डीका कारण साह्रै समस्यामा हुने गरेको लामिछानेले बताए । सो सडक भएर यात्रा गर्ने अन्य निजी तथा सार्वजनिक सवारी साधनका चालकसमेत बाटोका कारण समस्यामा पर्ने गरेको बताउँछन् । मध्यविन्दुबाट काठमाडौँ चल्ने माइक्रोबसका चालक अजय चौधरीले बाटोमा खाल्डाखुल्डी बढी हुँदा सवारी साधन चाँडै बिग्रिने गरेको गुनासो गरे । “पहिला महिनाको बढीमा दुईपटक सवारी सर्भिसिङ गर्दा हुन्थ्यो”, चौधरीले भने, “अहिले दुईपटक काठमाडौँ पुगेर आउँदा गाडी सर्भिसिङ गराएन भने चलाउनै नसकिने हुन्छ ।” सडकमा भएका ठूला–ठूला खाल्डाका कारण गाडीको पट्टा भाँचिने, टायर खिइने समस्या बढी हुने गरेको चौधरीको भनाइ छ ।
 

 

प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८  १६:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
शुक्रबार, भदौ २५, २०७८

आज साउनको दोस्रो सोमवार
शुक्रबार, भदौ २५, २०७८

आज साउनको दोस्रो सोमबार 
शुक्रबार, भदौ २५, २०७८