एमाले स्थायी कमिटी बैठक स्थगित, भोलि बिहान बस्ने

शुक्रबार, भदौ २५, २०७८

काठमाडौं  :  एमाले स्थायी कमिटी बैठक स्थगित भएको छ । शुक्रबार अपराह्न ४ बजेका लागि तय भएको स्थायी कमिटी बैठक अब भोलि बस्ने भएको छ । संसद् बैठक बसेका कारण स्थायी कमिटी बैठक शनिबार बिहानका लागि सार्नुपरेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार स्थायी कमिटी बैठक शनिबार बिहान तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्ने तय भएको छ । ‘एमालेले आगामी ४–६ असोजमा बस्ने विधान अधिवेशनका लागि प्रतिनिधि चयन, दस्ताबेज लेखन र व्यवस्थापनको तयारीका लागि बैठक डाकिएको हो,’ उनले भने ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८  १६:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार