प्रतिनिधिसभा बैठक २७ भदौमा बस्ने

शुक्रबार, भदौ २५, २०७८

काठमाडौं  :  प्रतिनिधिसभाको अर्काे बैठक २७ भदौ आइतबार बस्ने भएको छ । शुक्रबार बसेको बैठक २७ भदौमा बस्ने गरी सभामुख अग्निप्रसाद सापकोटाले स्थगित गरेको जानकारी दिएका हुन् । शुक्रबार बसेको बैठकमा एमाले सांसदहरूको अवरोधकाबीच विभिन्न अध्यादेश पेस गरिएको थियो । जुठबहादुर खड्गी (जे.बी. टुहुरे) र महेन्द्र शेरचनको निधनमा शोक प्रस्ताव पारित गर्दै २७ भदौसम्मका लागि बैठक स्थगित गरिएको सभामुख सापकोटाले बैठकमा जानकारी गराएका हुन् । 

प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८  १६:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार