संसद् बैठकमा एमाले सांसद र मर्यादापालकबीच घम्साघम्सी 

शुक्रबार, भदौ २५, २०७८

काठमाडौं :  प्रतिनिधि सभाको बैठकमा एमाले सांसद र मर्यादापालकबीच घम्साघम्सी जारी छ । आर्थिकसम्बन्धी विभिन्न अध्यादेश प्रस्तुत गर्न अर्थमन्त्री जनार्दन शर्मालाई सभामुख अग्निप्रसाद सापकोटाले समय दिएपछि एमाले सांसद र मर्यादापालकबीच घम्साघम्सी परेको हो ।अर्थमन्त्री शर्मालाई अध्यादेश प्रस्तुत गर्नबाट रोक्न एमाले सांसद रोस्ट्रममा उक्लिन थालेपछि मर्यादापालक रोक्न खोज्दा दुवै पक्षबीच धकेलाधकेल भएको हो । 

प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८  १६:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार