एमाले सांसदको विरोधककाबीच तीन अध्यादेश पारित 

शुक्रबार, भदौ २५, २०७८

काठमाडौं :  प्रतिनिधिसभा बैठकले तीनवटा अध्यादेश पारित गरेको छ । शुक्रबार दोस्रोपटक बसेको बैठकले आर्थिक अध्यादेश २०७८, राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ र विनियोजन विधेयक २०७८ पारित गरेको हो ।  एमाले सांसदहरूको नाराबाजी भइरहँदा यी विधेयकलाई सभामुख अग्निप्रसाद सापकोटाले निर्णायार्थ प्रस्तुत गरेका थिए ।  एमाले सांसदहरूको नाराबाजीकाबीच उक्त अध्यादेश पारित  गरेर बैठकलाई १५ मिनेटका लागि स्थगित गरिएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८  १४:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार