संसद बैठकमा सभामुख सापकोटा र सांसद प्रेम सुवालबीच सवालजवाफ

शुक्रबार, भदौ २५, २०७८

काठमाडौं :  प्रतिनिधिसभाको बैठकमा एमाले सांसदहरूको नाराबाजी भइरहेको छ । तर, सभामुख अग्निप्रसाद सापकोटाले बैठकलाई कार्यसूचीमा प्रवेश गराएर विभिन्न अध्यादेशलाई निर्णायार्थ प्रस्तुत गरिरहेका छन् ।  सोही क्रममा सांसद प्रेम सुवाललाई राष्ट्र ऋण उठाउने अध्यादेश २०७८सहितका विभिन्न प्रस्ताव पेस गर्न सभामुख सापकोटाले समय दिए ।  तर, सांसद सुवालले प्रतिपक्षी दलको विरोध भइरहँदा आफूले प्रस्ताव पेस गर्न नसकिने भन्दै रोष्टममा उभिएर प्रस्ताव पेस गर्ने वातावरण बनाउन आग्रह गरे ।  त्यसपछि सभामुख सापकोटाले प्रस्ताप फिर्ता लिएको हो कि प्रस्तुत गरेको स्पष्ट गर्न भने । यसपछि सांसद सुवालले आफूले प्रस्ताव पेस गर्ने वातावरण बनाउन आग्रह गरेको बताए । यसरी सभामुख सापकोटा र सांसद सुवालबीच केहीबेर सवालजवाफ भयो ।  अहिले एमाले सांसदको नाराबाजीकाबीच सभामुख सापकोटाले बैठकलाई अघि बढाइरहेका छन् । 

प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८  १४:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार