एमाले सांसदको नाराबाजीबीच सभामुखले अघि बढाए प्रतिनिधिसभा बैठक

शुक्रबार, भदौ २५, २०७८

काठमाडौं :  प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूको अवरोधकाबीच सभामुख अग्निप्रसाद सापकोटाले बैठकलाई कार्यसूचीमा प्रवेश गराएका छन् ।  शुक्रबार बसेको पहिलो बैठक एमाले सांसदको अवरोधपछि १५ मिनेट स्थगित गरिएको थियो । दोस्रो पटक बसेको बैठकमा पनि एमाले सांसदहरूले नाराबाजी गरिरहँदा सभामुख सापकोटाले सांसद प्रेम सुवाललाई आर्थिक अध्यादेश २०६८ लाई अस्वीकार गरियोस् भन्ने सूचना प्रस्तुत गर्न समय दिए ।  एमालेका सांसदको नाराबाजी भइरहेकाले आफूले सूचना प्रस्तुत नगर्ने सांसद सुवालले बताए ।  एमाले सांसदको नाराबाजी भइरहँदा गृहमन्त्री जनार्दन शर्माले आर्थिक अध्यादेश २०७८ पेस गरेका छन् । सो अध्यादेश बहुमतले स्वीकृत भएको सभामुख सापकोटाले घोषणा गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८  १४:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार