सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका बीच सरकारले राष्ट्रियसभा बैठकमा राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन अध्यादेश, २०७८ पेश गरेको छ । गृहमन्त्री बालकृष्ण खाँडले अध्यादेश पेश गरेका थिए । अध्यादेश पेश गर्दा एमालेका सांसदहरु उठेर विरोध जनाएका थिए । दल विभाजन अध्यादेश पेशपछि कार्यसूचीमा रहेको अन्य कार्यक्रम राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले हटाएपछि एमाले सांसद बसेका थिए । त्यसपछि बैठकले सांसदहरु महेन्द्र शेरचन र जेबी टुहुरेको निधनप्रति शोक प्रस्ताव पारित गरेको थियो । अर्को बैठक २८ भदौ दिउँसो १ बजे बस्नेगरी स्थगित भएको छ ।
राजनीतिक दलसम्बन्धी अध्यादेश कार्यसूचीबाट हट्यो
राष्ट्रिय सभाको बैठक बसिरहेको छ । कार्यसूचीमा राखिएको राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७८ प्रस्तुत कार्यलाई हटाइएको छ । सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त अध्यादेश कार्यसूचीबाट हटाउने बताएपछि प्रतिपक्षी दलले बैठक सञ्चालनमा सहयोग गरेका थिए । त्यसपछि यसपछि संविधान सभा सदस्यद्वय जुठबहादुर खड्गी (जेबी टुहुरे) र महेन्द्र शेरचनको निधनमा शोक पूस्ताव पारित गर्दै २८ भदौसम्मका लागि बैठक स्थगित भएको छ ।