पहिरोले मेलम्चीका १५ घर उच्च जोखिममा

शुक्रबार, भदौ २५, २०७८

सिन्धुपाल्चोक :  सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका- ११ का दुई गाउँ पहिरोको उच्च जोखिममा परेका छन् । घले गाउँको माथिबाट २३ भदौमा पहिरो खस्दा दनुवार गाउँ  र घले गाउँको बस्ती जोखिममा परेको वडाध्यक्ष रुद्रप्रसाद दुलालले जानकारी दिए । उनका अनुसार मेलम्चीको घले बस्तीका १० घर र दनुवार बस्तीका ५ घर उच्च जोखिममा छन् । बस्तीमा लगातारको वर्षाले माथिबाट पहिरो जाँदा उच्च जोखिम बढेको हो । वर्षा हुँदा पहिरो आउन सक्ने डरले भाग्ने गरी तयारी अवस्थामा बस्नुपर्ने बाध्यता रहेको स्थानीय गंगाबहादुर दनुवारले बताए । पहिरो रोक्न प्रयास गरिदिन स्थानीय सरकारसँग उनले आग्रह पनि गरे । जोखिममा परेका १५ घरका परिवार आफन्तकोमा शरण लिएर बसिरहेका अध्यक्ष दुलालले बताए । जोखिमयुक्त घरलाई जोगाउन स्थानीय सरकार  लागिरहेको उनको भनाइ छ । 

प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८  १२:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
शुक्रबार, भदौ २५, २०७८

आज साउनको दोस्रो सोमवार
शुक्रबार, भदौ २५, २०७८

आज साउनको दोस्रो सोमबार 
शुक्रबार, भदौ २५, २०७८