अमेरिका र चीनका राष्ट्रपतिबीच वार्ता, तनाब घटाउने बारेमा छलफल

शुक्रबार, भदौ २५, २०७८

न्युयोर्क : चीनका राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच टेलिफोन वार्ता भएको छ । सात महिनापछि पहिलो पटक दुई नेताबीच टेलिफोन वार्ता भएको हो ।  दुई देशका सरकारप्रमुखबीच समसामयिक विषयमा छलफल भएको ह्वाइट हाउसले जनाएको छ । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि दुई नेताबीच यो दोस्रो पटक वार्ता भएको हो ।  व्यापार, जासुस र कोभिडलगायतका विषयबारे दुई देशबीचको तनाब बढ्दो छ । शक्ति सम्पन्न दुई राष्ट्रबीच उत्पादन र त्यसको निर्यातमा प्रतिष्प्रर्धा छ । प्रतिष्प्रर्धालाई द्वन्द्वमा रुपान्तरण हुनबाट जोगाउने बारेमा विषयमा दुई नेताबीच छलफल भएको थियो ।   यसै वर्षको सुरुमा बाइडेन प्रशासन र चिनियाँ प्रतिनिधिबीच भएको एउटा उच्च तहको वार्तामा तनाब देखिएको थियो । दुबै देशका अधिकारीहरुले एक अर्कालाई आरोप प्रत्यारोप लगाएका थिए । अमेरिकाले अन्य देशलाई चीनमाथि हमला गर्न दुरुत्साहन गरेको चिनियाँ अधिकारीले अमेरिकालाइ आरोप लगाएका थिए । अर्कोतर्फ, अमेरिकाले जासुसी गरेको बेइजिङको आरोप थियो ।-एजेन्सी

प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८  १२:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार