बालुवाटारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक

शुक्रबार, भदौ २५, २०७८

काठमाडौं :  प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएका छन् । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसिरहेको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सहयोगी गोविन्द परियारले जानकारी दिए । बैठकमा प्रधानमन्त्री देउवा, गृहमन्त्री बालकृष्ण खाँण, मुख्यसचिव शंकरदास बैरागीसहित सुरक्षा निकायका प्रमुखहरू सहभागी छन् । सुरक्षा परिषद् बैठकमा सुरक्षा अंगका चारवटै प्रमुख सहभागी छन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८  १२:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार