बागमती प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा बस्नेत

शुक्रबार, भदौ २५, २०७८

काठमाडौं :  बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशको नीति तथा योजना आयोगको पदाधिकारी मनोनीत गरेकी छन् ।  बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार आयोगको उपाध्यक्षमा डा.जगतबहादुर बस्नेत, सदस्यहरूमा निलम ताम्राकार , रामशरण प्याकुरेल र ज्ञानकुमार श्रेष्ठ मनोनीत भएका छन् । नवनियुक्त पदाधिकारीले शुक्रबार नै पद तथा गोपनीयताको सपथ लिएका छन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८  १२:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार