एमाले स्थायी कमिटी बैठक बस्दै

विधान महाधिवेशन, संसदको चालु अधिवेशनमा पार्टीको भूमिकालगायतका विषयमा छलफल हुने
शुक्रबार, भदौ २५, २०७८

काठमाडौं :  प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज शुक्रबार बस्दैछ । दिउँसो ४ बजे तुल्सीलाल प्रतिष्ठान च्यासलमा बस्ने बैठकमा पार्टीको विधान महाधिवेशन, संसदको चालु अधिवेशनमा पार्टीको भूमिकालगायतका विषयमा छलफल हुने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । एमालेले विधान महाधिवेशन ४ असोजदेखि काठमाडौंमा आयोजना गर्ने निर्णय गरिसकेको छ । त्यसका लागि प्रतिनिधि, दस्तावेज र व्यवस्थापनको तयारी भइरहेको तामाङले बताए ।

प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८  ०८:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार