करेन्ट लागेर खानेपानी आयोजनाका ट्याक्टर चालकको मृत्यु 

शुक्रबार, भदौ २५, २०७८

खोटाङ :  करेन्ट लागेर खोटाङमा खानेपानी आयोजनाका ट्याक्टर चालकको मृत्यु भएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको काभ्रेस्थित आयोजनाको क्रसर उद्योगका लागि पानी खसाउने क्रममा बिहीबार साँझ करेन्ट लाग्दा हलेसी तुवाचुङ नगरपालिका-६ मंगलटारका १९ वर्षीय पुष्प परियारको मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ । डालामा पानी बोक्ने ट्यांक जोडिएको ट्याक्टरमा पानी बोकेर क्रसरमा पुर्‍याएपछि पानी खसाल्न ट्यांकीमा चढेर पाइप जोडेर उभिँदा सिधा माथि झुण्डिएको विद्युतको तार छुन पुग्दा चालक परियारलाई करेन्ट लागेको मंगलटारका वडाध्यक्ष रमेश राउतले बताए ।  करेन्ट लागेर गम्भीर बनेका परियारलाई उपचारका लागि स्वास्थ्यचौकी दुर्छिममा पुर्‍याए लगत्तै मृत्यु भएको बताइएको छ । 

प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८  ०६:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
शुक्रबार, भदौ २५, २०७८

आज साउनको दोस्रो सोमवार
शुक्रबार, भदौ २५, २०७८

आज साउनको दोस्रो सोमबार 
शुक्रबार, भदौ २५, २०७८