बढ्दो जल सङ्कट पाकिस्तानको स्थिरताको लागि चुनौतीपूर्ण

बिहीबार, भदौ २४, २०७८

इस्लामाबाद । पाकिस्तान पानीको ठूलो सङ्कटबीचमा रहेको र देशको स्थिरताको निम्ति यो जटिल चुनौती रहेको अनुसन्धानले देखाएको छ । इन्टरनेशनल फोरम फर राइट एण्ड सेक्युरिटीको प्रतिवेदनअनुसार पानीको सङ्कटले यहाँ ठूल्ठूला विरोधका प्रदर्शनी निम्त्याएको छ जसले गर्दा यहाँको रुग्ण अर्थतन्त्रलाई थप समस्याग्रस्त पार्न सक्छ र प्रान्त९प्रान्तबीच झगडा निम्त्याउन सक्छ । सिन्ध र बलुचिस्तान प्रान्तका किसानले सिन्धु नदीबाट आफ्नो पानीको हिस्सा छोड्न माग गर्दै प्रमुख राजमार्ग अवरुद्ध गर्न थालेका छन् । इन्टरनेशनल फोरम फर राइट एण्ड सेक्युरिटीको रिपोर्टअनुसार सबैभन्दा धनी र राजनीतिक बहुलता भएको पञ्जाब प्रान्तमा प्रायःनदीको पानीको उच्चतम र अनुचित मात्रा छुट्याएको आरोप लगाइएको छ । सिन्धु नदीको पानीको वितरणलाई लिएर समय समयमा प्रान्तबीच विवाद देखापर्ने गरेको छ । यसो हुनुमा अनुसन्धानकर्ता र प्रान्तबीच विश्वासको कमिलाई प्रमुख कारण ठान्छन् । पाकिस्तानी शोधकर्ताको अध्ययन प्रतिवेदनअनुसार पाकिस्तानका प्रान्तबीच विश्वासको कमी नै विवादको जड हो । विशेष गरी सिन्ध र पन्जाब एवम् सिन्ध र बलुचिस्तानबीच पानी विवाद मुख्य कारण बन्ने गरेको छ । सिन्ध, पन्जाब मात्र होइन, यस पटक सिन्ध, बलुचिस्तानसमेत सङ्घर्ष देख्न सकिन्छ । बलुचिस्तानले सिन्धलाई चेतावनी दिँदै भनेको छ हब बाँधबाट कराचीको पानी आपूर्ति बन्द गरिनेछ छ यदि उत्तर प्रदेशले पानीको प्रान्तको हिस्सा ओगट्ने काम रोकेन भने ।पानीको अभावले यी प्रान्तबीच झगडा बढाउने छ र आन्तरिक अशान्तिको मुख्य कारण यही हुनेछ । तालिबानद्वारा अफगानिस्तानको कब्जापछि कट्टरपन्थी तत्व बलियो हुँदै जाँदा पाकिस्तानको स्थिरताको लागि यो घटना विनाशकारी हुनसक्ने अध्ययनले देखाएको छ ।– रासस/एएनआई

प्रकाशित मिति: बिहीबार, भदौ २४, २०७८  २२:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार