धुलिखेल अदालतबाट भागेका थुनुवा भक्तपुरबाट पक्राउ

बिहीबार, भदौ २४, २०७८

काभ्रेपलाञ्चोक । दुई हप्ताअघि वकपत्रका लागि जिल्ला अदालत धुलिखेल लैजाँदा प्रहरीलाई झुक्याएर परिसरबाटै भागेका थुनुवालाई पक्राउ गरिएको छ । चोरी, डाँका मुद्दामा संलग्न भई जिल्ला कारागार धुुलिखेलमा रहेका खानीखोला गाउँपालिका–६ का सुनिल वाइवालाई भक्तपुरको ठिमीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । यही भदौ ९ गते अदालत परिसरबाट भागेका थुनुवा वाइवा काभ्रेपलाञ्चोक र भक्तपुरको सीमा साँगासम्म हिँडेर त्यहाँबाट गाडी चढी भक्तपुरतर्फ गएको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक भूपेन्द्रबहादुर खत्रीले जानकारी दिए ।  उनका अनुसार लुकीछिपी भक्तपुर बसेका वाइवालाई मदिरा खरिद गर्ने भनी ठगी गरिरहेको अवस्थामा थिमि प्रहरीले पक्राउ गरेको हो । साथी मनिष श्रेष्ठलाई फोन गरेपछि श्रेष्ठको फोन ‘ट्रयाकिङ’ गरी वाइवालाई पक्रन प्रहरी सफल भएको थियो । वाइवालाई पक्राउ गर्न सीमानाका तथा उनका आफन्त रहेको २ नं प्रदेशस्थित घरमा समेत निगरानी बढाइएको प्रहरीले जनायो । वाइवालाई थिमि प्रहरीले ठगी तथा आपराधिक विश्वासघातमा मुद्दा चलाएको छ । उक्त मुद्दा किनारा लागेलगत्तै थिमि प्रहरीले काभ्रेपलाञ्चोक प्रहरीलाई बुझाएपछि मात्रै थप कारबाही हुने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनलाई बुधबार सनाखतका लागि काभ्रेपलाञ्चोक कारागार ल्याइएको थियो । 
 

प्रकाशित मिति: बिहीबार, भदौ २४, २०७८  ०९:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
बिहीबार, भदौ २४, २०७८

आज साउनको दोस्रो सोमवार
बिहीबार, भदौ २४, २०७८

आज साउनको दोस्रो सोमबार 
बिहीबार, भदौ २४, २०७८