स्वास्थ्यको ख्याल गरेर तिज मनाउन उपराष्ट्रपति पुनको आग्रह

बिहीबार, भदौ २४, २०७८

काठमाडौं :  उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले हरितालिका तिजको शुभकामना व्यक्त गरेका छन् । आज विशेषगरी हिन्दु महिलासहित अधिकांश नेपाली महिलाले परम्परागत मूल्य मान्यतासहित नाचगान गरेर तिज मनाउँदै छन् । ‘पानीसमेत नपिएर मनाउने परम्पराले तिजमा धेरै दिदीबहिनीको स्वास्थ्यमा असर गरेको तथ्यलाई हृदयङ्गम गर्दैै आफ्नो स्वाथ्यको पूर्ण ख्याल गरी तिज मान्न म दिदीबहिनीहरूलाई आग्रह गर्दछु,’ उपराष्ट्रपति पुनले शुभकामना सन्देशमा भनेका छन् । साथै विश्वव्यापी महामारी कोरोना भाइरसको असर कायमै रहेकोले सरकारबाट जारी स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी तीज मनाउन पनि उनले आग्रह गरेका छन् ।

प्रकाशित मिति: बिहीबार, भदौ २४, २०७८  ०७:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
बिहीबार, भदौ २४, २०७८

आज साउनको दोस्रो सोमवार
बिहीबार, भदौ २४, २०७८

आज साउनको दोस्रो सोमबार 
बिहीबार, भदौ २४, २०७८