स्वास्थ्य मापदण्डको पालना गरी तिज मनाउन प्रधानमन्त्रीकाे आह्वान

बिहीबार, भदौ २४, २०७८

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मापदण्डको पालना गरी हरितालिका तिज मनाउन आह्वान गरेका छन् । शुभकामना सन्देशमार्फत प्रधानमन्त्री देउवाले कोभिड-१९ को कारण हर्षोल्लासपूर्वक पारिवारिक जमघट साथ तिज मनाउन नपाए पनि स्वास्थ्य मापदण्डको पालना गरी मौलिकता र सांस्कृतिक महत्वको जगेर्ना गर्दै तिज मनाउन अनुरोध गरेका हुन् । प्रम देउवाले तिज सामाजिक सदभावसहितको पर्व रहेको र तिजले नेपाली समाजमा विद्यमान लैंगिक, जातीय वर्गीय विभेद र सबै किसिमका असमानता अन्त्य गर्दै सामाजिक सदभाव, सहिष्णुता र मेलमिलाप बढाई समुन्नत समाजको निर्माणमा अभिवृद्धि गर्न उत्प्रेरित गरोस् भन्ने शुभकामना दिएका छन् । आज हरितालिका तिज मनाइँदैछ । तिजकाे अवसरमा महिलालाई सार्वजनिक विदा दिइएकाे छ ।

प्रकाशित मिति: बिहीबार, भदौ २४, २०७८  ०७:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
बिहीबार, भदौ २४, २०७८

आज साउनको दोस्रो सोमवार
बिहीबार, भदौ २४, २०७८

आज साउनको दोस्रो सोमबार 
बिहीबार, भदौ २४, २०७८