सभामुखलाई एमालेको प्रश्न– हाम्रो पार्टी फुटाउन किन लाग्नुभयो ?

बुधबार, भदौ २३, २०७८

काठमाडौं :  संघीय संसदको नवौँ अधिवेशन अन्तर्गतको प्रतिनिधि सभाको पहिलो बैठक बसेलगत्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध सृजना गरेको छ ।  सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको घोषणा गर्दैगर्दा एमालेका सांसदहरू उठेर विरोध जनाए । तत् पश्चात सभामुख सापकोटाले एमाले प्रमुख सचेतक विशाल भट्टराई बोल्न दिए ।  प्रमुख सचेतक भट्टराईले सभामुख सापकोटाको व्यहारप्रति औँला ठड्याए । एमाले फुटाउन सभामुख सापकोटाले भूमिका खेलेको आरोप लगाउँदै उनले यसबारे जवाफ मागेका छन् । 
 

प्रकाशित मिति: बुधबार, भदौ २३, २०७८  १६:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार