प्रतिनिधिसभाको अधिवेशन सुरु नहुँदै अवरुद्ध

बुधबार, भदौ २३, २०७८

काठमाडौं :  प्रतिनिधिसभाको अधिवेशन नवौं अधिवेशन सुरु नहुँदै अवरुद्ध भएको छ । अधिवेशनको सुरुमै सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट संघीय संसद् अधिवेशन आह्वान गरेको प्राप्त पत्र पढेर सुनाउन नथाल्दै एमाले सांसदहरू उठेर नाराबाजी गरेका थिए । त्यसलगत्तै सभामुखले एमालेका प्रमुख सचेतक विशाल भट्टराईलाई बोल्न समय दिएका थिए । एमाले सांसदको नाराबाजीपछि सभामुखले आजको बैठकको कार्यसूचीसमेत पेस गर्न पाएनन् ।

प्रकाशित मिति: बुधबार, भदौ २३, २०७८  १६:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार