नेपाल नेतृत्वको नेकपा (एस) आठ जिल्लामा नील, जनप्रतिनिधिले एमाले छाडेनन्

बुधबार, भदौ २३, २०७८

काठमाडौं : एमाले बिभाजित भई गठन भएको माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) आठ जिल्लामा जनप्रतिनिधिविहीन भएको छ । राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार २२ भदौसम्म एमाले वा नेकपा (एकीकृत समाजवादी) मध्ये एक पार्टी रोज्न दिएको समयसीमामा आठ जिल्लाका जनप्रतिनिधिले नेपाल नेतृत्वको पार्टीको पक्षमा सनाखत गर्न अस्वीकार गरेका छन् । एमाले प्रचार विभागका सदस्य सूर्य थापाका अनुसार गुल्मी, लमजुङ, मनाङ, मुस्ताङ, नवलपुर, नुवाकोट, सोलुखुम्बु र रसुवा गरी आठ जिल्लाबाट निर्वाचित जनप्रतिनिधिले एमाले छाडेका छैनन् । अन्य जिल्लाका नेताहरूले एमाले छाडे पनि आठ जिल्लाका प्रतिनिधिले नछाड्दा नेकपा (एस) शून्यमा पुगेको हो ।

प्रकाशित मिति: बुधबार, भदौ २३, २०७८  १३:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार