‘गैरसांसद’लाई प्रवेश गराउन खोजेको आरोप लगाउँदै एमालेले संसद अवरोध गर्ने

बुधबार, भदौ २३, २०७८

काठमाडौं :  प्रमुख प्रतिपक्ष दल एमालेले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकाप्रति रोष प्रकट गर्दै संघीय संसद् अधिवेशन चल्न नदिने भएको छ । एमालेले कारबाही गरेका १४ सांसदलाई निष्कासन नगरेकाप्रति आपत्ति जनाउँदै आएको एमाले संसदीय दलको बैठकले अधिवेशन चल्न नदिने भएको हो । एमालेले निष्कासनका लागि सिफारिस गरेका १४ सांसदलाई कारबाही नगरेको प्रसंग जोड्दै एमाले अध्यक्ष केपी ओलीले ‘गैरसांसदलाई संसद् भित्र प्रवेश गराएमा’ संसद्मा अवरोध गर्ने घोषणा गरेका छन् ।  अपरान्ह ४ बजे संसद् अधिवेशन बस्नुअघि नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकले सो निर्णय गरेको हो । संसद्को नवौं अधिवेशन आजबाट सुरु हुँदैछ ।

प्रकाशित मिति: बुधबार, भदौ २३, २०७८  १३:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार