माधव नेपालले जनआन्दोलनको उपलब्धि नोक्सान गर्न लागे : ओली

बुधबार, भदौ २३, २०७८

काठमाडौं  :  एमालेका अध्यक्ष केपी ओलीले नेकपा (एकीकृत समाजावादी) अध्यक्ष मावधकुमार नेपाल जनआन्दोलनको उपलब्धि सिध्याउने बाटोमा लागेको आरोप लगाएका छन् ।  एमाले संसदीय दलको जारी बैठकलाई सम्बोधन गर्दै संसदीय दलका नेतासमेत रहेका ओलीले जनआन्दोलनको उपलब्धिसहित कम्युनिष्ट आन्दोलन र संघर्षलाई ध्वस्त बनाउन नेता नेपाल लागेको आरोप लगाएका हुन् । ‘सुरुदेखि नै एमालेका फुटाउने खेलमा लागे । आफ्नै पार्टी फुटाउने कार्य आपराधिक काम हो’, ओलीले भने, ‘पार्टी फुटाउनेदेखि जनआन्दोलनका उपलब्धि सक्ने कार्यमा उनीहरू अघि बढेका छन् ।’ 

प्रकाशित मिति: बुधबार, भदौ २३, २०७८  १३:१७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार