नागरिकता अध्यादेशको विरोधमा जनमोर्चा, संसदमा आपत्ति जनाउँदै 

बुधबार, भदौ २३, २०७८

काठमाडौं : सत्तारुढ गठबन्धनको घटक चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा नागरिकतासम्बन्धी विधेयकको विपक्षमा उभिने भएको छ । सरकारले आज बुधबार नागरिकतासम्बन्धीसहित १५ वटा विधेयक पेस गर्दैछ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा शेरबहादुर देउवा नेतृत्वको सरकारले आज पेस गर्ने नागरिकतासम्बन्धी अध्यादेशमा जनमोर्चाले विरोध जनाउने भएको हो । गृहमन्त्री वालकृष्ण खाँणले ‘नेपाली नागरिकता (पहिलो संशोधन) अध्यादेश स्वीकृत गरियोस्’ भन्ने प्रस्ताव पेस गर्दैछन् । जसको विरोधमा जनमोर्चाकी सांसद दुर्गा पौडेलले ‘नेपाली नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ लाई अस्वीकार गरियोस्’ भन्ने सूचना प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ २३, २०७८  ०८:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार