आज राति काठमाडौंमा भारी वर्षाको सम्भावना

बुधबार, भदौ २३, २०७८

काठमाडौं :  आज बुधबार राति काठमाडौं उपत्यका र त्यस आसपासका क्षेत्रमा भारी वर्षाको सम्भावना छ । न्यून चापीय  प्रणालीका कारण राति उपत्यकामा केही समय भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन् । ‘आइतबार रातिको जस्तो नभई केही समय वर्षा हुने देखिन्छ,’ उनले भनिन्, 'लामाे समय पानी नपरे पनि भारी नै हुने सिस्टमले देखाएकाे छ ।' महाशाखाका अनुसार भारतको मध्यप्रदेश र विधार्वा आसपास अवस्थित न्यून चापीय प्रणालीको प्रभाव नेपालमा छ । सोही प्रणालीका कारण गत आइतबार राति काठमाडौं उपत्यका अतिभारी वर्षा भएर बागमती छेउका वस्ती डुबानमा परेका थिए । यसका साथै मनसुनी न्यून चापीय रेखा औसत स्थान नजिक अर्थात् तराईको दक्षिणतिर छ । महाशाखाले दिउँसो मुलुकका धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको आँकलन गरेको छ । त्यसमा पनि गण्डकी, कर्णाली  र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।  राति भने बागमतीका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ, जुन काठमाडौं उपत्यकासहितको क्षेत्र हो ।-न्युज कारखाना

प्रकाशित मिति: बुधबार, भदौ २३, २०७८  ०७:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
बुधबार, भदौ २३, २०७८

आज साउनको दोस्रो सोमवार
बुधबार, भदौ २३, २०७८

आज साउनको दोस्रो सोमबार 
बुधबार, भदौ २३, २०७८