एमसीसीबारे गलत हल्ला फैलाइयो : प्रधानमन्त्री देउवा

बुधबार, भदौ २३, २०७८

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का बारेमा जनमानसमा गलत हल्ला फैलाइएको बताएका छन् । नेपाली कांग्रेसको संसदीय दलको बैठकमा उनले एमसीसीबारे गलत हल्ला फैलाइएकोले त्यस भ्रमलाई चिर्न नेपाली कांग्रेसका सांसदलाई निर्देशन दिए । ‘हामीले अमेरिकाबाट देश विकासमा अनुदानका लागि एमसीसी सम्झौता गरेका हौं,’ उनले भने, ‘यो विकासका लागि दिइएको अनुदान हो । यसमा धेरै राजनीति गर्न खोजियो । त्यो आवश्यक छैन ।’ कांग्रेसका सभापतिसमेत रहेका देउवाले एमसीसीमार्फत नेपालमा विद्युत् प्रसारण लाइन र सडक स्तरोन्नति गरिने बताएका छन् । उनले नेपालको विकासका लागि एमसीसी अहिले एकाएक नभई  निश्चित कानुनी प्रक्रिया पूरा गरेर सम्झौता गरिएको जानकारी दिए । उनले एमसीसी पारित गर्नका लागि सत्तारुढ र विपक्षीदलसँग छलफलसमेत गर्ने बताए । बैठकमा प्रधानमन्त्री र कांग्रेस सांसदबीच एमसीसीबारेमा सवालजवाफ समेत भएको थियो ।

प्रकाशित मिति: बुधबार, भदौ २३, २०७८  ०६:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार