पशुपति क्षेत्रमा तेस्रो विद्युतीय शवदाह यन्त्र सञ्चालनमा

मंगलबार, भदौ २२, २०७८

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले तेस्रो विद्युतीय शवदाह यन्त्र सञ्चालनमा ल्याएको छ । विसं २०७२ माघ १२ गतेदेखि दुईवटा विद्युतीय शवदाहयन्त्र सञ्चालनमा ल्याएको कोषले आजदेखि तेस्रो यन्त्र सुरु गरेको सदस्य सचिव डा.मिलनकुमार थापाले जानकारी दिए । यन्त्र सुरु गरी आज परीक्षणस्वरुप तीनवटा शवसमेत जलाइएको उनले बताए । यसअघि सञ्चालनमा रहेका विद्युतीय यन्त्रमा शवदाह गर्न एक घण्टा लाग्ने गरेकामा नयाँ यन्त्रमा ३५ मिनेटमा शवदाह हुन्छ । रु दुई करोड ८५ लाखको लागतमा नयाँ यन्त्र जडान गरिएको कोषले जनाएको छ । यसअघि भवनसहित दुई यन्त्र सञ्चालन गर्दा रु ११ करोड खर्च लागेको थियो । नयाँ यन्त्र सञ्चालनमा आएसँगै छ वर्षअघि जडान गरिएको एक नं यन्त्र मर्मतसम्भार गरिने छ । एक महिनामा मर्मतसम्भार सम्पन्न हुनेछ । कोषले एउटा हाइब्रिड शवदाहयन्त्र पनि गत वर्षदेखि सञ्चालनमा ल्याएको छ । विद्युतीय शवदाह यन्त्रमा गत वर्षदेखि नै कोरोनाबाट निधन भएकाको शवदाह भइरहेको छ । हाल दैनिक सातदेखि आठ वटासम्म कोरोनाबाट निधन भएकाको शवदाह हुने गरेको कोषले जनाएको छ ।
पशुपति क्षेत्रको आर्यघाट, भष्मेश्वरघाट र विद्युतीय शवदाहयन्त्रमा गरी हाल १५ वटा शवदाह यन्त्र छन् । दाउराबाट सञ्चालन हुने ११ वटा घाट छ । सामान्य अवस्थामा पशुपति क्षेत्रमा २५ देखि ३० वटा शवदाह हुने गरेको छ । कोरोनाबाट निधन हुने बढेका बेला यसै वर्ष डेढ सयसम्म शवदाह पशुपति क्षेत्रमा भएको कोषले जनाएको छ ।–रासस
 

प्रकाशित मिति: मंगलबार, भदौ २२, २०७८  २०:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
मंगलबार, भदौ २२, २०७८

आज साउनको दोस्रो सोमवार
मंगलबार, भदौ २२, २०७८

आज साउनको दोस्रो सोमबार 
मंगलबार, भदौ २२, २०७८