प्रदेश जनलोकपाल आयोगको गठन

मंगलबार, भदौ २२, २०७८

जनकपुरधाम : प्रदेश २ सरकारले प्रदेशमा आर्थिक सुशासन कायम गर्न प्रदेश जनलोकपाल आयोग गठन गरेको छ । अध्यक्षसहित तीन सदस्यीय आयोगका अध्यक्ष रामसहाय यादव, सदस्य शोभा महतो र राजकिशोर साहलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनीयताको शपथ गराएका छन् । साे अवसरमा मुख्यमन्त्री लालबाबु राउत, सभामुख सरोजकुमार यादव, उपसभामुख उपमा देव, प्रमुख सचिव हरिप्रसाद मैनालीसहित प्रदेश सरकारका सचिवहरूको उपस्थिति थियो । आयोगका नवनियुक्त पदाधिकारीहरूले ग्रमीण प्रशिक्षण केन्द्र मुजेलियास्थित आयोगको कार्यालय पुगेर पदभारसमेत सम्हालेका छन् ।

प्रकाशित मिति: मंगलबार, भदौ २२, २०७८  १९:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार