एमाले २ जेठमा जस्ताको तस्तै फर्कन सक्दैन : ओली 

मंगलबार, भदौ २२, २०७८

पोखरा  : एमाले अध्यक्ष केपी ओलीले माओवादी केन्द्रसँग एकीकरण हुनुअघि २ जेठ २०७५ को अवस्थामा जस्ताको तस्तै एमाले फर्किन नसक्ने बताएका छन् ।  मंगलबार पोखरामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले १० बुँदे सहमति विवाद झिक्न नभएर समाधानका लागि गरिएको बताए । ‘१० बुँदे सहमति विवाद झिक्न होइन, समाधान गर्न हो’, उनले भने, ‘२ जेठमा पार्टी जस्ताको तस्तै फर्किन सक्दैन ।’  नेकपाबाट एमाले र माओवादी केन्द्र कानुनी रूपमा अलग भए पनि पार्टी एकता अहिले कायमै रहेको बताएका उनले प्रचण्ड समूहमात्रै बाहिरिएको टिप्पणी गरे ।

प्रकाशित मिति: मंगलबार, भदौ २२, २०७८  १५:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार