अगहनी धानमा रोग र कीराको प्रकोप, चिन्तामा किसान 

मंगलबार, भदौ २२, २०७८

वीरगन्ज । पर्सामा लगाइएको अगहनी धानको बोटमा सिथब्लाइट रोग र गवारो कीराको प्रकोप देखिएपछि किसान चिन्तित भएका छन् । बेलैमा रोपाइँ गरी खुसी भएका पर्साका किसान धानको बिरुवामा रोग र कीराको प्रकोप देखिएपछि उत्पादन गुम्ने चिन्ताले पिरोलिएका हुन् । सिथब्लाइट रोगका कारण धानको बिरुवा सुक्न र सड्न थालेपछि किसान चिन्तित देखिएका छन् । विन्दवासनी गाउँपालिका–१ गर्दौलका रहमान मिया धोवीले मौसमले साथ दिएकाले यस वर्ष चाँडै धान रोपे पनि अगहनी धानको बिरुवामा रोग र कीरा लागेपछि चिन्ता थपिएको बताए । ‘पहिले बढी पानीका कारण खेतमा लगाइएको बीउ मरेर गयो र पछि फेरि बीउ लगाई रोपाइँ सम्पन्न गरेपछि रोग र कीराले धानको बिरुवा नै नष्ट गर्न लागेको छ,’ उनले गुनासो गरे । तीन बिघामा लगाइएको सोना मुन्सुली र १५ कठ्ठामा लगाइएको बास्मती धानको बिरुवामा रोग र कीरा लागेको उनको भनाइ छ । बहुदरमाई नगरपालिका भौराटाँरका किसान श्रीनारायण महतोले रोपिएको मन्सुली धानको बिरुवाको जरा तथा पात्त पहेंलो भई बिरुवा नै सुक्न थालेको बताए । पर्सामा यस वर्ष ३५ हजार २० हेक्टर क्षेत्रफलमा अगहनी धान रोपिएको छ । रोपाइँ भएकामध्ये ७० प्रतिशत धानको बिरुवामा सिथब्लाइट रोग र गवारो कीराको प्रकोप देखिएको कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ । पर्साका १४ वटै पालिकामा २४ हजार पाँच सय हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइएको सोना मन्सुली र बास्मती धानको बिरुवामा सिथब्लाइट रोग र गवारो कीराको प्रकोप देखिएको कृषि ज्ञान केन्द्र पर्साका बाली विकास अधिकृत सुरेशप्रसाद चौरसियाले जानकारी दिए । यो प्रकोप पर्साको विन्दवासनी, धोवनी, पटेर्वासुगौली, कालिकामाई गाउँपालिका र बहुदरमाई, पर्सागढी तथा पोखरिया नगरपालिकामा देखिएको बताए । न्युज कारखाना

प्रकाशित मिति: मंगलबार, भदौ २२, २०७८  १३:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
मंगलबार, भदौ २२, २०७८

आज साउनको दोस्रो सोमवार
मंगलबार, भदौ २२, २०७८

आज साउनको दोस्रो सोमबार 
मंगलबार, भदौ २२, २०७८