संखुवासभा घटनाको अनुसन्धान गर्न सिआईबी टोली मादी जाँदै

मंगलबार, भदौ २२, २०७८

संखुवासभा : संखुवासभाको मादीमा एकै परिवारको ६ जनाको हत्या घटनाको अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)को टोली घटनास्थलतर्फ जाने भएको छ ।  सिआईबी प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले घटनाको अनुसन्धानका लागि टोली तयार भइसकेको जानकारी दिए ।  ‘टोली जान तयार छ, तर मौसमका कारण केही ढिलाइ भइरहेको छ,’ महतोले न्युज कारखानासँग भने, ‘सम्भवतः आजै टोली घटनास्थलतर्फ जान्छ होला ।’ सोमबार बिहान मादी नगरपालिका- १, खोलागाउँका ६ जनाको शव घरभित्र र बाहिर फेला परेको थियो ।  जिल्ला नाका सिल गरेर तालिमप्राप्त कुकुरको सहायतामा अनुसन्धान अधिकृतहरुबाट मंगलबार बिहान ७ बजेदेखि अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी लालध्वज सुवेदीले बताए ।  उनकाअनुसार अनुसन्धानका लागि संघीय प्रहरी एकाइ कार्यालय धरानका एसपी भीम दाहालसहितको टोली घटनास्थलमा छ । आइतबार राति अज्ञात समूहको धारिलो हतियार प्रहारबाट मादी- १ का स्थानीय ५८ वर्षीय तेजबहादुर कार्कीसहित एकै परिवारका ६ जनाको हत्या भएको थियो ।

घटना अझै रहस्यमय, बिहानबाट अनुसन्धान सुरु

संखुवासभाको मादी घटना अझै रहस्मय रहेको छ । मादी नगरपालिका– १, खोलागाउँका एकै परिवारका ६  जनाको वीभत्स हत्या घटना अझै रहस्यमय नै रहेको छ । सोमबार बिहान ६ जनाको शव घरभित्र र बाहिर फेला परेको थियो । तर,  घटना सार्वजनिक भएको २४ घण्टा बितिसक्दा पनि अझै रहस्यम नै देखिएको हो ।  तालिम प्राप्त कुकुरको सहायतामा अनुसन्धान अधिकृतहरुबाट मंगलबार बिहान ७ बजेबाट अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसी लालध्वज सुवेदीले बताए ।  उनकाअनुसार अनुसन्धानका लागि संघीय प्रहरी इकाई कार्यालय धरानका एसपी भीम दाहालसहितको टोली घटनास्थलमा रहेको छ । अनुसन्धानका लागि धरानबाट तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली सोमबार साँझ मादी पुगेको थियो ।  आइतबार राति अज्ञात समूहको धारिलो हतियार प्रहारबाट मादी– १ का स्थानीय ५८ वर्षीय तेजबहादुर कार्कीसहित  एकै परिवारका ६ जनाको हत्या भएको थियो ।  सामूहिक हत्या भएका मादी– १, खोलागाउँका कार्कीको परिवारको शव यत्रतत्र छरिएको अवस्था छ । घटनाकाबारेमा थप अनुसन्धान भइरहेको सुवेदीले बताए । घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरेर सुरक्षित राखिएको छ ।  घटनाको वास्तविकता चाँडै बाहिर ल्याइने डीएसपी सुवेदीले बताए ।   घटना भएको घरमा रहेका तेजबहादुरका ८५ वर्षीय बुवा बौद्धमान कार्की भने सकुशल नै रहेका डीएसपी सुवेदीले बताए । हत्या भएका ५८ वर्षीय तेजबहादुर कार्कीको शव रोडको भित्तामा मृत फेला परेको थियो । तेजबहादुरकी आमा ८४ वर्षीया पार्वती कार्कीको शव घरमै फेला परेको छ । ५२ वर्षीया श्रीमती कमला कार्की र ३२ वर्षीया बुहारी  रञ्जना कार्कीको शव खोल्सामा फेला परेको प्रहरीले जनाएको छ ।  त्यस्तै, तेजबहादुरका ११ वर्षीय नाति दीपेन कार्की र सात वर्षीया नातिनी गोमा कार्कीको शव केही खरबारीमा फेला परेको थियो ।  तेजबहादुरका छोरा रमेश कार्की रोजगारीको सिलसिलामा मलेसिया र अर्को छोरा नरेश कार्की दुबईमा रहेका जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । -न्युज कारखाना

प्रकाशित मिति: मंगलबार, भदौ २२, २०७८  ११:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
मंगलबार, भदौ २२, २०७८

आज साउनको दोस्रो सोमवार
मंगलबार, भदौ २२, २०७८

आज साउनको दोस्रो सोमबार 
मंगलबार, भदौ २२, २०७८