भारतमा कोरोनाभाइरस सङ्क्रमणबाट एक लाख ५० हजारको मृत्यु

बुधबार, पुस २२, २०७७

नयाँदिल्ली । भारतमा कोरोनाभाइरस सङ्क्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या एक लाख ५० हजार ११४ पुगेको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा हालसम्म एक करोड चार लाख मानिस कोरोनाभाइरस सङ्क्रमित भएका छन् । पछिल्लो २४ घण्टामा १८ हजारभन्दा बढी सङ्क्रमित भेटिएका छन् ।  मन्त्रालयले भारतमा अझै पनि दुई लाख २७ हजार व्यक्ति सक्रिय सङ्क्रमित रहेका र ९९ लाख ९७ हजार व्यक्ति सङ्क्रमणमुक्त भएको जनाएको छ । भारतीय राज्य केरलामा झण्डै ६४ हजार तथा महाराष्ट्र राज्यमा ५० हजार व्यक्ति सक्रिय सङ्क्रमित छन् । दिल्लीमा भने चार हजार ५६२ जना सक्रिय सङ्क्रमित रहेका छन् । यहाँ १० हजार ६०९ जनाको कोरोना सङ्क्रमणबाट ज्यान गइसकेको छ ।  भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार भारतमा जनवरी ५ सम्म १७ करोड ७४ लाख नमूना परीक्षण गरिएको छ ।
 

प्रकाशित मिति: बुधबार, पुस २२, २०७७  २३:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार