‘बीपी कोइराला राष्ट्रिय पुरस्कार’ स्थापनाको घोषणा

मंगलबार, भदौ २२, २०७८

काठमाडौँ । सरकारले प्रथम जननिर्वाचित प्रधानमन्त्री स्व विश्वेश्वरप्रसाद कोइरालाको नाममा ‘बीपी कोइराला राष्ट्रिय पुरस्कार’ स्थापना गर्ने भएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले कोइरालाको नाममा पुरस्कार स्थापना गर्ने निर्णय गरेको हो । नेपालको लोकतन्त्र स्थापनाका लागि आजीवन र अनवरत सङ्घर्षरत् प्रजातान्त्रिक योद्धा स्व कोइरालाका नाममा राष्ट्रिय पुरस्कार स्थापना गर्ने निर्णय भएको कानून न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । 
बिपी कोइराला नेपाली राजनीति र साहित्यिक क्षेत्रमा चर्चित नाम हो । उहाँ नेपालको प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक नेता हुन् । विसं १९७१ भदौ २४ मा भारतको बनारसमा जन्मनुभएका स्व कोइरालाले आफ्नो जीवनको लामो समयसम्म नेपाली कांग्रेसको नेतृत्व गरी विसं २०१६ सालमा नेपालको प्रधानमन्त्री बनेका थिए ।
नेपालमा प्रजातन्त्र स्थापना गर्नका लागि राजनीतिक नेतृत्व लिएका उनलाई नेपालका सबैजसो नेताले राजनीतिक गुरुका रूपमा चित्रण गर्ने गरेका छन् । नेपाली राजनीति तथा साहित्यमा उल्लेख्य योगदान गरेका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो ।
 

प्रकाशित मिति: मंगलबार, भदौ २२, २०७८  ०६:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार