मादी हत्या : तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली घटनास्थल पुग्यो (अपडेट)

मंगलबार, भदौ २२, २०७८

 

संखुवासभा । संखुवासभाको मादी नगरपालिका- १, खोलागाउँका एकै परिवारका छ जनाको वीभत्स हत्या घटनाको अनुसन्धानका लागि धरानबाट तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली सोमबार साँझ मादी पुगेको छ ।  सामूहिक हत्या प्रकरणको अनुसन्धानका लागि संघीय प्रहरी इकाई कार्यालय धरानका एसपी भीम दाहालको नेतृत्वमा टोली घटनास्थल मादी- १, खोलागाउँ आइपुगेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डीएसपी लालध्वज सुवेदीले जानकारी दिए ।  आइतबार राति अज्ञात समूहको धारिलो हतियार प्रहारबाट मादी- १ का स्थानीय ५८ वर्षीय तेजबहादुर कार्कीसहित  एकै परिवारका छ जनाको हत्या भएको थियो ।  सामूहिक हत्या भएका मादी- १, खोलागाउँका कार्कीको परिवारको शव यत्रतत्र छरिएको अवस्था छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको सुवेदीले बताए । घटनास्थलमा ठूलो संख्यामा प्रहरी परिचालन गरेर सुरक्षित राखिएको छ ।  घटनाको वास्तविकता चाँडै बाहिर ल्याइने डीएसपी सुवेदीले बताए ।   घटना भएको घरमा रहेका तेजबहादुरका ८५ वर्षीय बुवा बौद्धमान कार्की भने सकुशल नै रहेका डीएसपी सुवेदीले बताए । हत्या भएका ५८ वर्षीय तेजबहादुर कार्कीको शव रोडको भित्तामा मृत फेला परेको थियो ।  तेजबहादुरकी आमा ८४ वर्षीया पार्वती कार्कीको शव घरमै फेला परेको छ । ५२ वर्षीया श्रीमती कमला कार्की र ३२ वर्षीया बुहारी  रञ्जना कार्कीको शव खोल्सामा फेला परेको प्रहरीले जनाएको छ ।  त्यस्तै, तेजबहादुरका ११ वर्षीय नाति दीपेन कार्की र सात वर्षीया नातिनी गोमा कार्कीको शव केही खरबारीमा फेला परेको डीएसपी सुवेदीले बताए ।  तेजबहादुरका छोरा रमेश कार्की रोजगारीको सिलसिलामा मलेसिया र अर्को छोरा नरेश कार्की दुबईमा रहेका जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।-न्युज कारखाना

प्रकाशित मिति: मंगलबार, भदौ २२, २०७८  ०४:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
मंगलबार, भदौ २२, २०७८

आज साउनको दोस्रो सोमवार
मंगलबार, भदौ २२, २०७८

आज साउनको दोस्रो सोमबार 
मंगलबार, भदौ २२, २०७८