ओलीको आरोप : 'कांग्रेसका हातमा ठेक्का लाग्यो भने तुइनबाट मान्छे मर्छ'

सोमबार, भदौ २१, २०७८

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसका मान्छेले काम नगर्दा महाकालीमा तुइनबाट खसेर नेपाली नागरिक मारिएको आरोप लगाएका छन् । युवा संघको भेलालाई सम्बोधन गर्दै ओलीले तुइन विस्थापन अभियानअन्तर्गत तुइन काटेर मान्छे मारिएको ठाउँमा झोलुङ्गे पुलको ठेक्का लागिसकेको, ठेक्का पाउने कांग्रेसको मान्छेले काम नगर्दा दुर्घटना हुन पुगेको आरोप लगाए । 'कांग्रेसका हातमा ठेक्का लाग्यो भने तुइनबाट मान्छे मर्छ । ठेक्का कांग्रेसको भागमा पर्‍यो, काम नगरिदने, मान्छे मारिदिने', ओलीले भने ।  दार्चुलामा तुइनबाट खसेर व्यास गाउँपालिकाका जयसिंह धामी महिना दिनअघिदेखि बेपत्ता छन् । उनी खसेको ठाउँमा झोलुङ्गे पुलको ठेक्का लागे पनि काम भने अघि बढेको छैन ।

प्रकाशित मिति: सोमबार, भदौ २१, २०७८  १८:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार