प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने 

सोमबार, भदौ २१, २०७८

काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनमा युवा नेता प्रदीप पौडेलले पनि महामन्त्री पदमा उम्मेदवारी दिने भएका छन् । कृष्णप्रसाद सिटौला समूहबाट उनले महामन्त्रीमा उम्मेदवारी दिन लागेका हुन् ।  ‘महामन्त्रीमा उम्मेदवारी दिने निश्चित छ, वडा अधिवेशन सकिएपछि उम्मेदवारी घोषणा गर्छु’, पौडेलले न्युज कारखानासँग भने ।  १३औँ महाधिवेशनमा पनि सिटौला समूहमा रहेका पौडेल १४औँ महाधिवेशनमा पनि उनैलाई साथ दिने भएका हुन् । १३औँ महाधिवेशनमा सिटौला समूहबाट महामन्त्रीको उम्मेदवार बनेका गगन थापा अहिले रामचन्द्र पौडेल समूहमा गएका छन् ।  पौडेल समूहबाट उम्मेदवारी घोषणा भइसकेको छैन । तर, सो समूहमा रहेका थापाले महामन्त्रीमा उठ्ने घोषणा गरिसकेका छन् । आगामी २४ भदौमा कांग्रेस प्रवक्तासमेत रहेका विश्वप्रकाश शर्माले पनि महामन्त्रीमा उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन् । उनले संस्थापन समूहबाट महामन्त्रीमा उम्मेदवारी दिन लागेका हुन् । आगामी ९–१३ मंसिरमा कांग्रेसको १४औँ महाधिवेशन हुनेछ । 

प्रकाशित मिति: सोमबार, भदौ २१, २०७८  १८:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार