नेविसंघको महामन्त्रीमा सुनसरीका कपिलेश्वर यादव नियुक्त

आइतबार, भदौ २०, २०७८

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको भ्रातृसंस्था नेपाल विद्यार्थी संघ केन्द्रीय तदर्थ कार्यसमितिको महामन्त्रीमा सुनसरीका कपिलेश्वर यादवलाई नियुक्त गरेका छन् ।  कांग्रेस पार्टीमा तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका साङ्गठानिक संरचना समायोजनका लागि भएको सहमतिअनुसार यादवलाई आज संघको महामन्त्रीमा नियुक्त गरिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 
 

प्रकाशित मिति: आइतबार, भदौ २०, २०७८  २०:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार