भौतिक उपस्थितिमै विद्यालय सञ्चालन  

आइतबार, भदौ २०, २०७८

खोटाङ । कोरोना सङ्क्रमणदर केही कम हुँदै गएपछि जिल्लाका स्थानीय तहले अवरुद्ध पठनपाठन भौतिक उपस्थितिमै पुनःसञ्चालनमा ल्याउन थालेका छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा स्वास्थ्य सुरक्षालाई पालना गर्दै बिहान र दिउँसोको समय मिलाएर विद्यार्थीको भौतिक उपस्थितिमै नियमित पठनपाठन सञ्चालन गर्न थालेका हुन् । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ गाउँपालिकाले भौतिक उपस्थितिमै पठनपाठन सञ्चालनमा ल्याइसकेको गाउँपालिका प्रमुख प्रदीप राईले जानकारी दिए । सो गाउँपालिकाभित्र नौ मावि, १० आधारभुत र ३० प्रावि सञ्चलनमा छन् । शिक्षक सङ्ख्या पर्याप्त भएको विद्यालयमा बाल शिक्षा केन्द्रदेखि कक्षा ५ सम्मको पठनपाठन बिहान ७ बजेदेखि १० बजेसम्म तथा कक्षा ६ देखि १० सम्मको पठनपाठन बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन शुरु गरिएको उनले बताए । “शिक्षक र विद्यार्थी सङ्ख्या न्यून भएको विद्यालयमा बाल शिक्षा केन्द्रदेखि कक्षा ८ सम्मको पठनपाठन बिहान १० देखि दिउँसो २ बजेसम्म सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ”, गाउँपालिका प्रमुख राईले भने, “कक्षा ६ देखि ८ तथा कक्षा ९ र १० को पठनपाठन भने विद्यालयको अनूकुलमा हप्तामा तीन दिन मात्र सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ ।” विद्यार्थी सिकाइ निरन्तरताका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीबाट प्राप्त पत्र एवं विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७८ को दफा ५ को उपदफा ४ अनुसार गाउँ शिक्षा समितिको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै÷गराउँदै पठनपाठन सञ्चालन गर्न सिफारिस गरेको थियो । गाउँ शिक्षा समितिको सोही सिफारिसलाई भदौ १३ गते बसेको गाउँ कार्यपालिकाको बैठकबाट अनुमोदन गरेर अवरुद्ध पठनपाठनलाई सुरु गराइएको गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ २०, २०७८  १५:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
आइतबार, भदौ २०, २०७८

आज साउनको दोस्रो सोमवार
आइतबार, भदौ २०, २०७८

आज साउनको दोस्रो सोमबार 
आइतबार, भदौ २०, २०७८