संघीय संसद्को अधिवेशन बोलाउन सिफारिस

शनिबार, भदौ १९, २०७८

काठमाडौँ । सरकारले यही भदौ २३ गतेका लागि संघीय संसद्को अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले भदौ २३ गते अपराह्न ४ बजे संघीयसंसद्को बैठक बोलाउन सिफारिस गरेको हो ।  बैठकपछि सरकारका प्रवक्तासमेत रहनुभएका कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले संसद् अधिवेशनका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको जानकारी दिए ।   सरकारले गत साउन ३२ गते संसद् अधिवेशन अन्त्य गरेको थियो । केही महत्वपूर्ण विधेयक अगाडि बढाउने लक्ष्यका साथ संघीय संसद्को बैठक आह्वान गर्न सिफारिस गरिएको बताइएको छ । 
 

प्रकाशित मिति: शनिबार, भदौ १९, २०७८  २०:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार