गृहमन्त्री खाँण तीन जिल्लाका बाढी, पहिरो र कटान क्षेत्रमा

शनिबार, भदौ १९, २०७८

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणले सिन्धुुपाल्चोक, उदयपुर र धनुुषामा हालै भएको बाढी, पहिरो र कटान क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् । उनले बाढीपहिरो प्रभावित सिन्धुुपाल्चोकको मेलम्ची मुुहान हेलम्बुु क्षेत्र, मेलम्ची बजार, उदयपुरको कोशी कटान क्षेत्र चतराघाट र धनुुषास्थित कमलानदीबाट भएको कटानको स्थलगत निरीक्षण गरेका हुन् ।  मेलम्ची हेलम्बुु क्षेत्रको भ्रमणका क्रममा गृहमन्त्री खाँणले कमजोर भू–बनोटका कारण पहिरो गई हिलो आएर क्षति पुु¥याएकाले मुुहान क्षेत्रबाटै बलियो पूूर्वाधार बनाएर लैजान सरकारले सोच बनाएको बताए ।  ग्रेग्रानसहितको हिलो बगेर आउँदा मेलम्ची बजार क्षेत्रलाई ठूलो क्षति पुु¥याएको बताउँदै उनले भने, ‘पुनर्निर्माणको काम छिटो अघि बढाइनेछ, सबै निकायको समन्वय र सहकार्यमा काम अघि बढाउने विषयमा सरकार गम्भीर छ ।’ 
राष्ट्रिय स्रोत तथा अन्तर्राष्ट्रिय सहयोग लिएर भएपनि मेलम्ची क्षेत्रको पुुनर्निर्माण अघि बढाइने उनले बताए । 
मेलम्ची बजार क्षेत्रमा बाढी प्रभावित नागरिकसँग छलफल गर्दै गृहमन्त्री खाँणले भने, ‘सरकार जनताको शान्तिसुरक्षा र जीवनरक्षाका लागि हो । त्यसैले पुुनर्निर्माणको कामका लागि ढुुक्क हुुनुुस्, सरकारले सहयोग गर्छ ।’ कोशीबाट उदयपुरको करिब डेढ किलोमिटर कटान क्षेत्रको निरीक्षण गर्ने क्रममा उनले जलवायु परिवर्तनको असरका कारण नदीले धार परिवर्तन गरी कटान हुने गरेकाले उपयुुक्त योजना बनाएर सरकारले काम गर्ने विश्वास दिलाए ।  कटान क्षेत्रमा समयमै तटबन्ध गर्न नसकिएमा हजाराै‌‌ जनता प्रभावित हुन सक्ने भएकाले तत्कालीन र दीर्घकालीन योजना बनाएर बस्ती जोगाउने र मानिसको जीवनरक्षाको काम गरिने प्रतिबद्धता उनले जनाए । धनुुषाको कमला नदी कटान क्षेत्रको निरीक्षणका क्रममा स्थानीयवासीबाट भएको तटबन्धका कार्यक्रम व्यवस्थित रुपमा अघि बढाएकामा सराहना गर्दै कमला तटबन्ध परियोजनालाई व्यवस्थित ढङ्गबाट अघि बढाइने विश्वास दिलाए ।

भत्किएका संरचनाको पुनःनिर्माण तत्काल गर्न गृहमन्त्रीको निर्देशन
सिन्धुपाल्चोकका बाढी प्रभावितलाई व्यवस्थापन र भत्किएका संरचनाको पुनःनिर्माण तत्काल गर्न गृहमन्त्री खाँणले निर्देशन दिएका छन् । शनिबार बाढीग्रस्त क्षेत्रको स्थलगत अवलोकन गर्न हेलम्बु र मेलम्ची आएका  गृहमन्त्री खाँणले मेलम्ची र इन्द्रावती नदीमा आएकोे बाढीबाट हुने क्षति कम गर्न विभिन्न स्थानमा ‘चेकड्याम’ बनाउनुपर्ने बताए । मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स तथा बस्ती बचाउन कहाँ–कहाँ कति वटा ड्याम बनाउनुपर्ला भनेर विस्तृत अध्ययन गरिने उनले बताए । 
गृहमन्त्री खाँणसहितको टोलीले मेलम्ची नगरपालिकाको मेलम्ची बजार र सो वरपरका क्षेत्र तथा हेलम्बु गाउँपालिकाको वडा नं २ गणेशबजार क्षेत्रको स्थलगत निरीक्षण गरेको थियो । गृहमन्त्रीसहित सो टोलीमा सांसद शेरबहादुर तामाङ, पूर्वमन्त्री मोहनबहादुर बस्नेत, योजना आयोगका उपाध्यक्ष डा विश्व पौडेल, प्रदेशसभा सदस्य युवराज दुलाल र निमा लामा, गृहसचिव टेकनारायण पाण्डे, सडक विभागका महानिर्देशक अर्जुन थापा, सिँचाइ विभागका उपमहानिर्देशक प्रदीप थापा, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक अनिल पोखरेल र हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पा सहभागी थिए । 
गत असार १ र साउन १६ गतेको आएको वर्षाको कारण सो क्षेत्रमा पाँच जनाको मृत्यु, छ घाइते र २० बेपत्ता छन् । बाढीपहिराले १५ पुल, सडक खेत र सयौँ घरटहरासहित ठूलो धनजनको क्षति भएको छ ।
 

प्रकाशित मिति: शनिबार, भदौ १९, २०७८  १८:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार