खाद्य समस्या सम्बोधनका लागि काम गर्न नेता किमको निर्देशन 

शनिबार, भदौ १९, २०७८

सियोल । उत्तर कोरियाका नेता किम जोङ उनले जलवायु परिवर्तनका कारण उत्पन्न खाद्य जोखिमको समाधानका लागि काम गर्न उत्तर कोरियाली अधिकारीहरूलाई निर्देशन दिएका छन् ।  जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमलाई चर्चा गर्दा खाद्य सुरक्षाको पाटोलाई विशेष ध्यान दिनुपर्ने उनले बताए । गत वर्ष तुफानले उत्तर कोरियाको मुख्य खाद्यान्न बालीमा गम्भीर असर गरेको थियो भने यो वर्ष पनि केही हप्तासम्मको खडेरीपछि लामो मनसुन वर्षाका कारण बालीमा असर गरेको बताइएको छ । खडेरी तथा बाढीसहितका असामान्य मौसमी गतिविधिसँग जुध्नका लागि अबको प्रयास केन्द्रित हुनुपर्ने धारणा नेता किमले बिहीबार भएको पार्टीको पोलिटब्यूरो बैठकमा राखेका थिए । पछिल्ला वर्षहरूमा उत्तर कोरियामा पनि जलवायु परिवर्तनको असर गम्भीर रूपमा देखिन थालेको भन्दै उनले त्यससँग जुध्नका लागि तत्काल आन्तरिक प्रयास थालिनुपर्ने बताएका छन् ।– रासस/सिन्ह्वा
 

प्रकाशित मिति: शनिबार, भदौ १९, २०७८  ०६:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार