खाद्य सङ्कट नभएको श्रीलंकाको दाबी 

शुक्रबार, भदौ १८, २०७८

कोलोम्बो । श्रीलङ्कामा खाद्यान्नको सङ्कट भएको भनी प्रकाशित समाचारहरुप्रति यहाँको सरकारले खण्डन गरेको छ । श्रीलङ्काली सरकारले यहाँ खाद्यान्नको आपूर्ति नभएको र यहाँ अहिले नै खाद्य सङ्कटकालको घोषणा गर्नुपर्ने अवस्था पनि नरहेको बताएको हो ।  हालै यहाँका केही सञ्चारमाध्यमले यहाँ खाद्यान्नको अभाव भएको र श्रीलङ्काली सरकारले यहाँ खाद्य सङ्कट घोषणा गर्न लागेको बताएका थिए ।  तर पनि त्यस्तो अवस्था नरहेको यहाँको सरकारले जनाएको छ । यहाँका बजार तथा उद्योग विकासमन्त्री अजित निब्रद काबरालले यहाँ त्यस्तो अवस्था नरहेको र यस्तो घोषणा गर्नुपर्ने अवस्था पनि नआएको बताएका छन् ।  उनले हाल श्रीलङ्कामा नै उत्पादित चिनी र चामल उपलब्ध रहेको र यहाँको बजारमा कुनै पनि खाद्यान्नको अभाव भएको भनी कुनै रिपोर्ट सरकारलाई नआएको बताए ।–रासस/सिन्ह्वा
 

प्रकाशित मिति: शुक्रबार, भदौ १८, २०७८  २०:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार