प्रदेश २ को प्रदेशसभामा एकीकृत समाजवादीको बहुमत

शुक्रबार, भदौ १८, २०७८

महोत्तरी ।  प्रदेशसभा नं २ मा नेकपा (एमाले) विभाजित हुँदा नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीमा बहुमत देखिएको छ । संसदीय दलका २१ मध्ये बिहीबार प्रदेश नं २ को निर्वाचन आयोगको कार्यालयमा उक्त दल रोजेर सनाखत गर्ने ११ जना पुगेका हुन् दश जना उपस्थित भएर र  हाल दिल्लीमा उपचाररत डिल्लीप्रसाद उप्रेतीले हिजै साँझ निर्वाचन आयोगको स्वीकृतिमा त्यहाँस्थित नेपाली दूतावासमार्फत समाजवादी दल रोजेको पत्र आएपछि यो संख्या ११ पुगेको हो ।  सनाखत गर्नेहरूमा संसदीय दलका नेता रहेका शत्रुधन महतो, गोविन्दबहादुर न्यौपाने, नागेन्द्र यादव, खुशीमा खातुन, प्रमोद यादव, रवीन्द्र बैठा, बेची लुङ्गेली, अशोक यादव, मदन जैन श्रीवास्तव र मञ्जु यादव छन् । सत्यनारायण मण्डल, त्रिलोकीप्रसाद, अनिता यादव, मनोजकुमार सिंह, शारदादेवी थापा, किशोरी साह कमल, लगनलाल चौधरी र जगतारैणदेवी सुँडीले मूल पार्टीमै रहने स्पष्ट पार्नाका साथै  पछल्लोपटक  सुन्दर विश्वकर्मा र सीता गुरुङ हिजो एमालेको कार्यक्रममा सहभागी भएपछि  १० जना पुगेकोे हो ।  नेता  महतोले विश्वकर्मा र गुरुङले तोकिएको म्याद (भदौ २२ भित्र) एकीकृत समाजवादीमै आएर  सनाखत गर्ने गर्ने जिकिर गरे पनि एमालेको प्रदेशस्तरीय कार्यक्रममा बिहीबार दुबै सहभागी भएकाले महतोको जिकिर नपुग्ने एमाले नेता सत्यनारायण बताउँछन् । 

प्रकाशित मिति: शुक्रबार, भदौ १८, २०७८  १४:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार