प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच भेटवार्ता

बिहीबार, भदौ १७, २०७८

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अधयक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटघाट भएको छ । सत्ता गठबन्धनका शीर्ष दुई नेताबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा मन्त्रिपरिषद् विस्तार, सरकार सञ्चालनलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यसैगरी (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच पनि भेटघाट भएको छ । माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा आज भएको भेटघाटमा उनीहरुबीच सरकारमा सहभागिताका विषयमा केन्द्रित रहेको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।
 

प्रकाशित मिति: बिहीबार, भदौ १७, २०७८  १९:५४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार