निर्वाचन निर्देशिकाप्रति असन्तुष्ठी जनाउँदै कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माले दिए राजीनामा

बुधबार, भदौ १६, २०७८

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नेपाल दलित सङ्घका केन्द्रीय अध्यक्ष मीन विश्वकर्माले राजीनामा दिएका छन् । विश्वकर्माले आज एक विज्ञप्ति जारी गरी पार्टीको १४औँ महाधिवेशनका लागि हुने प्रतिनिधि छनोटदेखि नै दलित प्रतिनिधित्व नहुने गरी निर्वाचन निर्देशिका बनाइएको भन्दै पार्टीको केन्द्रीय सदस्य र दलित सङ्घको अध्यक्ष पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । 
“षड्यन्त्रमूलक ढङ्गबाट दलित समुदायलाई अपमान र अन्याय हुनेगरी लागू गरिने निर्वाचन निर्देशिका दलित सङ्घका लागि मान्य हुँदैन”, नेता विश्वकर्माले जारी गरेको राजीनामा पत्रमा भनिएको छ । उनले समावेशी पार्टी निर्माणमा लागेको वर्तमान शेरबहादुरर देउवा नेतृत्वको काँग्रेसले समावेशी सिद्धान्त कदमकोसमेत खिल्ली उडाएको भन्दै आफूले नैतिकरुपमा दुवै पदबाट राजीनामा दिएको बताएका छन् । 

प्रकाशित मिति: बुधबार, भदौ १६, २०७८  २१:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार