प्रदेश १ का एमालेका १० सांसदले रोजे एकीकृत समाजवादी

बुधबार, भदौ १६, २०७८

काठमाडौं । प्रदेश १ मा नेकपा एमालेका १० जना सांसदहरुले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । उनीहरु प्रदेश निर्वाचन आयोगको कार्यालयमा पुगेर एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका हुन् । नेकपा एमाले छाडेर माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी रोज्नेहरुमा राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, सावित्रा रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापा छन् । १० जनाले नयाँ पार्टी रोजेकाले प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य अल्पमतमा परेका छन् । माधव नेपाल खेमा छाडेर केपी ओली खेमामा लागेका आचार्य १० भदौमा प्रदेश १ को मुख्यमन्त्री नियुक्त भएका थिए । अल्पमतमा परेपछि उनले अब विश्वासको मत लिनुपर्ने भएको छ । ९२ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका ५१ सांसद छन् । १० जनाले नयाँ दल रोजे ४१ सांसद हुनेछन् । प्रदेशमा नेपाली काङ्ग्रेसका २१, माओवादी केन्द्रका १५, जनता समाजवादी पार्टीमा ३ र अन्य दुई साना दलामा १–१ जना सांसद छन् ।

प्रकाशित मिति: बुधबार, भदौ १६, २०७८  १२:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार