माओवादी अध्यक्ष दाहालले भेटे पूर्वप्रधानमन्त्री खनाललाई 

स्वास्थ्यलाभको कामना
बुधबार, भदौ १६, २०७८

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।  पूर्वप्रधानमन्त्री खनाललाई भेट्न अध्यक्ष दाहाल आज बिहान खनाल निवास डल्लु पुगेका थिए । अध्यक्ष दाहालको सचिवालयका अनुसार सो अवसरमा उहाँले नेकपा ९एकीकृत समाजवादी०का वरिष्ठ नेतासमेत रहेका खनालको स्वास्थ्यलाभको कामना गरेका थिए । भारतमा मिर्गौला प्रत्यारोपण गराएका पूर्वप्रधानमन्त्री खनाल यही भदौ १४ गते स्वदेश फर्केका हुन् । नेपाल फर्के लगत्तै नेता खनालले एमालेमा आफूहरूको योगदानलाई नजर अन्दाज गरिएकाले विद्रोह गरिएको बताएका थिए । 

प्रकाशित मिति: बुधबार, भदौ १६, २०७८  १२:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार