सोसल मिडिया
Contact Us
युनिकोड
हेटौंडा । नेकपा एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादीमा वाग्मती प्रदेशका ११ सांसदले सनाखत गरेका छन् । यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल निकट अष्टलक्ष्मी शाक्यलाई वाग्मतीको मुख्यमन्त्री पदका लागि अघि सारेका थिए। शाक्य मुख्यमन्त्री बन्दा नेपाल निकट सांसद एमालेमै बस्ने आँकलन विपरीत मंगलवार ११ जना सांसद एकीकृत समाजवादीमा खुलेका हुन्। प्रदेश निर्वाचन कार्यालय, हेटौंडामा उपस्थित भइ सनाखत गर्नेमा प्रदेशसभा सदस्य राजेन्द्र पाण्डे, मुनु सिग्देल, रमा आले मगर, लक्ष्मण लम्साल छन्। यस्तै बसुन्धरा हुमागाईं, माधव पौडेल, वसन्त मानन्धर, पार्वती सिलवाल, कुसुम कार्की, इन्द्रमाया गुरुङ र राजेन्द्रमान श्रेष्ठले एकीकृत समाजवादीका नाममा सनाखत गरेका हुन् । नेपाल पक्षका सांसदहरुका अनुसार अझै केही सांसदहरु थपिने छन् । १२ जना सांसदहरुले नयाँ दल रोजेसँगै शाक्य नेतृत्वको प्रदेश सरकार गठन भएको करिब दुई हप्तामै अल्पमतमा परेको छ। शाक्य नेतृत्वको सरकार अल्पमतमा परेसँगै उनले प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने अवस्था आएको छ।