रामडी मष्टा मेला सम्पन्न

मंगलबार, भदौ १५, २०७८

बझाङ, बझाङको तलकोट गाउँपालिका–३ को गैरापातलमा लाग्ने रामडी मष्टा मेला सम्पन्न भएको छ । सो मेला कृष्णपक्ष सप्तमीदेखि सुरु भएर कृष्ण जन्माष्टमीका दिनसम्म लाग्छ ।  विशेष गरेर जिल्लाभित्रकै सुवेडा, पैयाँतोलाका बम्म, सेरागाउँ, रुपातोला भाट गाउँदेखि भक्तजनहरु व्रत बसेर मेलामा गएर पूजापाठ गर्नाले आफूले मनले चिताएको पूरा हुने जनविश्वास रहिआएको तलकोट–३ रुपातोलाका स्थानीयवासी भानु जोशीले बताए । हाल भुन्टु धामी त्यहाँका १०आँै धामीका रुपमा रहेका छन् । रामडी मष्टालाई ऐतिहासिक तथा धार्मिक रुपमा प्रवद्र्धन गर्नका लागि मन्दिरमा घेराबार, प्रतीक्षालय र तामाको पाता राख्ने लगायतका कामहरु गरेको तलकोट गाउँपालिका अध्यक्ष लालबहादुर विष्टले बताए  । आगामी दिनमा पनि प्रचारप्रसारलगायत काम गर्ने समेत अध्यक्ष विष्टले बताए । 

प्रकाशित मिति: मंगलबार, भदौ १५, २०७८  १२:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
मंगलबार, भदौ १५, २०७८

आज साउनको दोस्रो सोमवार
मंगलबार, भदौ १५, २०७८

आज साउनको दोस्रो सोमबार 
मंगलबार, भदौ १५, २०७८